जनता टाइम्स

१७ बैशाख २०८३, बिहीबार २०:१९

राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश पनि जारी, संवैधानिक परिषदसहित ४ अध्यादेश अझै होल्डमा


काठमाडौं, वैशाख १७। राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश पनि जारी गर्नुभएको छ। उहाँले बिहीबार राति ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गर्नुभएको हो।

यसअघि आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेशसमेत जारी गर्नुभएको थियो। सरकारले राष्ट्रपतिसमक्ष कुल ६ वटा अध्यादेश स्वीकृतिका लागि पठाएकोमा हालसम्म २ वटा अध्यादेश मात्र जारी भएका छन् । बाँकी ४ अध्यादेश स्वीकृत हुन अझै बाँकी रहेका छन्।

सरकारले संसद अधिवेशन छलेरअध्यादेशमार्फत कानुन ल्याएपछि राष्ट्रपतिले सो विषयमा आजै कानुनविद्हरूसँग छलफल गर्नुभएको जनाइएको छ। बाेलाइ सकेकाे संघीय संसदकाे अधिवेशन राेकेर सरकारले अध्यदेश ल्याएकाे हाे । जसकाे सर्वत्र विराेध भइरहेकाे छ ।