जनता टाइम्स

२८ मंसिर २०७६, शनिबार २२:१५

मिस नेपाल अनुस्का मिस वल्र्डको टप १२ मा पर्न सफल


काठमाडौं, मंसिर २८ 

मिस नेपाल अनुस्का श्रेष्ठ मिस वल्र्डको टप १२ मा पर्न सफल भएकी छन् । टप ४० बाट उनि टप १२ मा परेपनि त्यसभन्दा अगाडी भने बढ्न सकिनन् ।

उनिसँगै केन्या, नाइजेरिया, व्राजिल, मेक्सीको, भारत, फिलिपिन्स, फिनल्याण्ड, जमैका, फ्रान्स, रसिया र कुक आइसल्याण्डका सुन्दरीहरु पर्न सफल भएका छन । टप फाइभमा भने भारत, जमैका, मेक्सिको, ब्राजिल र नाइजेरियाका सुन्दरीहरु पुगेका छन् ।