जनता टाइम्स

१८ बैशाख २०८३, शुक्रबार १४:५३

मानव अधिकार आयोग सदस्य लिली थापाको चेतावनी : अव पनि ढिलाइ गर्‍यो भने मै सार्वजनिक गरिदिन्छु


काठमाडौं, वैशाख १८ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले जेनजी आन्दोलनको मानव अधिकार हनन सम्बन्धी प्रतिवेदन आफै सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

थापाको नेतृत्वमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको दुई महिनासम्म आयोगले सार्वजनिक नगरेपछि उहाँले यस्तो चेतावनी दिनुभएको हो । थापा नेतृत्वको प्रतिवेदन पत्रकार किशोर श्रेष्ठले जनआस्था पत्रिका मार्फत सार्वजनिक गर्नुभएको थियो ।

सो पत्रिकालाई थापाले नै प्रतिवेदन उपलब्ध गराउनु भएको स्रोतहरूको दावीबीच पत्रकार श्रेष्ठले नै उहाँको यो चेतावनीयुक्त धारणा बाहिर ल्याउनु भएको छ । पत्रकार श्रेष्ठका अनुसार थापाले अव प्रतिवेदन सार्वजनिक नभए आफै सार्वजनिक गरिदिने बताउनु भएको छ ।  ‘आयोगले अव पनि ढिलाइ गर्‍यो भने मै सार्वजनिक गरिदिन्छु,’ थापाको भनाई उद्धृत गर्दै पत्रकार श्रेष्ठले लेख्नुभएको छ ।

श्रेष्ठका अनुसार संयोजक थापाले भन्नुभएको छ, ‘भदौ २३–२४ को घटना छानबिन समिति संयोजक लिली थापाले भन्नुभयो(२ महिना भयो मैले प्रतिवेदन बुझाएको । मानव अधिकार आयोगले अझै पनि ढिलाइ गर्‍यो भने मै सार्वजनिक गरिदिन्छु ।’

मानव अधिकार आयोगको प्रतिवेदनमा तत्कालीन सरकार प्रमुख र गृहमन्त्रीसहित प्रधानमन्त्री बालेन्द्र शाह बालेन, निवर्तमान गृहमन्त्री सुधन गुरुङ, प्रधानसेनापति अशोकराज सिग्देलदेखि रास्वपाका थुप्रै नेताहरूमाथि कारबाहीको सिफारिस गरिएको छ । सोही कारण सरकारको दबाबमा प्रतिवेदन सार्वजनिक नगरिएको आशङ्का छ ।