जनता टाइम्स

१८ बैशाख २०८३, शुक्रबार १६:५२

रोल्पा–रुकुम सिमानामा जिप दुर्घटना हुँदा ज्यान गुमाएका २० जनाको पहिचान सार्वजनिक


काठमाडौं, वैशाख १८। रोल्पाको जलजला क्षेत्रमा भएको भीषण जिप दुर्घटनामा ज्यान गुमाउने २० जनाको पहिचान सार्वजनिक भएकाे छ। हिजाे भएकाे दुर्घटनामा एकजना मात्र ज्यान बचाउन सफल भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमध्ये अधिकांश रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, टाकुरा क्षेत्रका रहेका छन्। मृतकहरूमा गोर्ख बहादुर बुढाथोकी (३२), तिलकुमारी बुढाथोकी (५३), युवा बुढाथोकी (२८), दिव्यन बुढाथोकी (१०), सृजना बुढाथोकी (२४), सुदीप बुढाथोकी (१३), ओमकुमारी बुढाथोकी (४०), मीना कामी (६०), लक्ष्मी शाह (६०) र रुक्मिणा बस्नेत रहेका छन्।

यस्तै, सोही जिल्लाको भुमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेत पनि दुर्घटनामा ज्यान गुमाउनेमध्ये परेका छन्।

दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१५, रतनपुरका दोरपती जिसी (५४), तिला जिसी (३२), जेनिस जिसी (७), जेनिसा जिसी (१२), एलिना जिसी (२५), संयोग जिसी (७) र यमबहादुर जिसी (उमेर नखुलेको)को पनि मृत्यु भएको छ।

यसैगरी घोराही–१३ की धनमाया विष्ट (हाल सिस्ने–५ बसोबास) र बेदु कामी (४२) समेत दुर्घटनामा ज्यान गुमाउनेमा परेका छन्। कामी उक्त सवारीका चालक रहेको जनाइएको छ।

दुर्घटनामा सिस्ने–५ का समिर कामी (३२) घाइते भएका छन्। उनी जीपको छतबाट हाम फालेर बाँच्न सफल भएका थिए र उपचारपछि घर फर्किएको जानकारी प्राप्त भएको छ। दुर्घटनामा परेका मध्ये बजेका कामी एकमात्र यात्रु हुन् ।

दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यस्ताे छ मृतक र घाइतेकाे विवरण :

सिस्ने–५, टाकुरा, रुकुम पूर्व

१. गोर्ख बहादुर बुढाथोकी (३२ वर्ष)

२. तिलकुमारी बुढाथोकी (५३ वर्ष)

३. युवा बुढाथोकी (२८ वर्ष)

४. दिव्यन बुढाथोकी (१० वर्ष)

५. सृजना बुढाथोकी (२४ वर्ष)

६. सुदीप बुढाथोकी (१३ वर्ष)

७. ओमकुमारी बुढाथोकी (४० वर्ष)

८. मीना कामी (६० वर्ष)

९. लक्ष्मी शाह (६० वर्ष)

१०. रुक्मिणा बस्नेत

भुमे–५, रुकुम पूर्व

११. टेकप्रशाद बस्नेत

घोराही–१५, रतनपुर, दाङ

१२. दोरपती जिसी (५४ वर्ष)

१३. तिला जिसी (३२ वर्ष)

१४. जेनिस जिसी (७ वर्ष)

१५. जेनिसा जिसी (१२ वर्ष)

१६. एलिना जिसी (२५ वर्ष)

१७. संयोग जिसी (७ वर्ष)

१८. यमबहादुर जिसी (उमेर नखुलेको)

घोराही–१३, दाङ

१९. धनमाया विष्ट शान्तिनगर, दाङ (हाल: सिस्ने–५, रुकुम पूर्व)

२०. बेदु कामी (४२ वर्ष) – सवारी चालक

घाइते

समिर कामी (३२ वर्ष) – सिस्ने–५, रुकुम पूर्व

(जिपको छतबाट हाम फालेर बाँच्न सफल, उपचारपछि घर फर्किएका)