होल्डिङ सेन्टर कि यातना गृह ?
सार्वजनिक जग्गा जनताको कि सरकारको ? सुकुम्वासी जनताचाँहि कस्को ?
सार्वजनिक जग्गा सरकारको, जनता चाँहि कस्को ?
यू ह्याव ब्लड अन योर ह्याण्ड
बरु बाढीबाट बचियो तर सरकारबाट बच्न सकिएन
खोइ मानवता ? डोजरले पुर्यो, खोइ अधिकार ? खोलाले बगायो !
काठमाडौं, बैशाख १९ । माथि उल्लिखित नारा माइतीघर मण्डलामा जेनजी युवाहरूले गरेको बिरोध प्रदर्शनका हुन ।
जेनजी आन्दोलनको आडमा सत्तामा पुग्नुभएका प्रधानमन्त्री बालेन्द्र साह र रास्वपा नेतृत्वले बर्षातको समय आउनै लाग्दा सुकुम्वासी बस्तीमा बैकल्पिक ब्यवस्थाबिनै डोजर चलाएको र दुई जनालाई आत्महत्या गर्न बाध्य पारेर राज्यबाटै हत्या गरेको बिरोधमा जेनजी प्रदर्शनमा उत्रिएका हुन । यही क्रममा उनीहरुले शान्तिपुर्वक प्लेकार्ड देखाएर सडक बिनारामा उभिर्दै सरकारलाई यस्तो तथ्य देखाएका हुन ।
सरकार यतिबेला बर्षातको समय सुरु भएकोले बिपद नियन्त्रणको पूर्वतयारीमा लाग्नुपर्ने हो तर त्यसको ठीक बिपरित राजधानीदेखि देशभरका बस्तीहरुमा डोजर चलाइरहेको छ । बिकाश भन्दा बिनाशलाई प्राथकिमता दिएर प्रधानमन्त्री बालेन्द्र साह आफै काठमाडौं महानगरपालिकाको मेयरका रुपमा रहँदा डोजर चलाउने नपाएको झोक नागरिकमाथि पोखिरहनुभएको छ ।
यसैको परिणाम अघिल्लो साताको शुक्रवारबाट डोजर चलाउन थालेको बालेन सरकारले काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित वस्ती हटाउने कार्य दोस्रो साता पनि जारी राखेको छ । यही क्रममा सरकारले आज शनिबार पनि खोला किनारका आसपासका बस्तीहरूमा डोजर चलाइरहेको छ ।
बालेन सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाउने काम बिहानैबाट थालिएको छ । स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य जारी राखेको सरकारले सार्वजनिक जग्गामा बिद्यालय रहेको भन्दै त्यहाँ पनि डोजर चलाएको छ । यसअघि हिजो शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारमा रहेको जोखिमयुक्त वस्ती हटाएको थियो ।
हालसम्म काठमाडौँ उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी अवैधरूपमा निर्माण गरिएका करिब दुई हजार घर टहरा हटाइसकिएको छ । वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा पठाइएको छ । तर सरकारले चरम बल प्रयोग गरेको, सुकुम्वासीलाई युद्ध अपराधी जस्तो ब्यवहार गरेको, होल्ङिङ सेन्टर यातना गृहका रुपमा रहेको जस्ता सवाल उठाएर जेनजी युवाहरु नै सडकमा उत्रन थालेका छन ।
यही क्रममा जेनजी सेन्टरले सुकुम्बासी बस्ती माथिको राज्य आतंकविरुद्ध माइतीघर मण्डला शनिवार प्ले कार्ड बोकेर विरोध प्रदर्शन गरेका छन । प्लेकार्डमा उनीहरूले निकै गम्भीर सवाललाई नाराका रुपमा उतारेका छन ।















प्रतिक्रिया दिनुहोस्