काठमाडौं, वैशाख १९ । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीनवटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार उहाँले विभिन्न क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्थामा संशोधन गर्ने अध्यादेशहरू जारी भएका हुन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार स्वास्थ्य, सार्वजनिक प्रशासन र उच्च शिक्षा क्षेत्रसँग सम्बन्धित कानुनहरूलाई समयानुकूल बनाउन अध्यादेश जारी गरिएको हो । जारी गरिएका अध्यादेशहरूमा ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन् ।
ती अध्यादेश आए पछि अब सरकारलाई यस अघिका राजनीतिक नियुक्ति पाएकालाई हटाएर आफ्ना मान्छे राख्ने बाटो खुल्ने छ ।
सरकारले संसद् बैठक रोकेर लगातार राष्ट्रपतिकोमा अध्यादेश पठाउने क्रम जारी छ । ती मध्ये केही अध्यादेश राष्ट्रपतिले जारी गर्न बाँकी छ ।













प्रतिक्रिया दिनुहोस्