काठमाडौं ,वैशाख २०। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ। विभिन्न समसामयिक विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बस्ने तय गरिएको छ।
उहाँका अनुसार पार्टी सभापतिको निर्देशनअनुसार सचिवालय बैठक आह्वान गरिएको हो।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा–२०८३, महाधिवेशन कार्यविधि–२०८३ तथा संसदीय दलको विधान संशोधनलगायत विषयमा विस्तृत छलफल हुने जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्