काठमाडौं, बैशाख २० । सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले देशभर डोजर आतंक रास्वपा सरकारले नचलाएको भन्दै यस्को दोष लिन पार्टी तयार नरहेको बताउनु भएको छ ।
बालेन सरकारले मच्चएको डोजर आतंकको बिरुद्धमा सुकुम्वासीसहित भूमिहीन किसान प्रतिकारमा उत्रन लागेपछि रविले रास्वपा सरकारले डोजर नचलाएको जिकिर गर्नुभएको हो ।
उहाँले स्थानीय तहले रास्वपाको काँधमा बन्दुक हान्यो, आपत्ति छ भन्दै आक्रोश समेत पोख्नुभयो । रास्वपा सभापति लामिछानेले देशभरका स्थानीय तहहरूले आफ्नो पार्टीको काँधमा बन्दुक हान्ने काम गरेको भन्दै आपत्ति जनाउनु भएको हो ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले अव्यवस्थित व्यवसायीलाई स्थानीय तहले आफ्नो पार्टीको नाम बदनाम हुनेगरी ब्रिफिङ गरेको जिकिर गरेको बताउनु भयो ।
‘देशभरिका विभिन्न स्थानीय निकायहरूले रास्वपाको काँधमा बन्दुक हानेर अव्यवस्थित व्यवसायीलाई देख्यौ तिमीहरूको काम गरिरहनुभएको छ, त्यसमा हाम्रो गम्भीर आपत्ति छ,’ लामिछानेले भन्नुभयो । साथै, उहाँले अव्यवस्थित मात्रै नभइ असुरक्षित बसोबासीको हकमा सरकारले बस्ती हटाउने कदम चालेको जिकिर गर्नुभयो । ‘अव्यवस्थित मात्रै होइन, असुरक्षित बसोबासीको हकमा मात्र सरकारले यो कदम चालेको हो,’ लामिछानेको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्