जनता टाइम्स

२१ बैशाख २०८३, सोमबार ०९:०३

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, असन्तुष्ट समूहसँग संवाद छलफलको मुख्य एजेण्डा


काठमाडौं, वैशाख २१ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा बस्न लागेको हो।

बैठकमा पछिल्लो समय असन्तुष्ट देखिएका उपसभापति पूर्णबहादुर खड्का तथा नेता शेखर कोइराला समूहसँग संवाद र छलफलका विषयमा विशेष एजेण्डा रहने जनाइएको छ। पार्टीभित्र देखिएको आन्तरिक मतभेद समाधानका लागि नेतृत्वले पहल गर्ने संकेत गरिएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

यसअघि वैशाख १६ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गर्ने विभिन्न सदस्यहरूलाई पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। उक्त निर्णयपछिको अवस्थाबारे पनि आजको बैठकमा समीक्षा हुने अपेक्षा गरिएको छ।