जनता टाइम्स

२१ बैशाख २०८३, सोमबार ०९:१६

लिपुलेक विवादमा सरकारको अडान ठिक, परिणामको लागि प्रधानमन्त्री बालेनको भारत भ्रमण कुर्नु पर्ने : गोकुल बास्कोटा


काठमाडौं, वैशाख २१ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादमा सरकारले लिएको अडानलाई सही रहेको बताउनुभएको छ।

उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भारतले पुरानै अडान दोहोर्‍याएको र चीनले यसलाई आफ्नो समस्या नभएको बताउने सम्भावना रहेको उल्लेख गर्नुभएको छ। कूटनीतिक सन्दर्भमा ‘बोल्यो–बोलेन’ भन्ने बहसको खास अर्थ नरहेको उहाँको भनाइ छ।

उहाँले वर्तमान सन्दर्भमा कूटनीतिक सक्रियता र त्यसको परिणाममुखी मूल्याङ्कन आवश्यक रहेको धारणा राख्दै ग्रेटर नेपालका समर्थकका रूपमा चिनिने बालेन शाहको सम्भावित भारत भ्रमणप्रति चासो व्यक्त गर्नुभएको छ। ‘भारतले पुरानै कुरा भन्यो र चीनले-यो हाम्रो समस्या होइन भन्ने होला।कूटनीतिमा बोल्यो,बोलेन भन्ने खालको दन्त बजानको खास अर्थ छैन।बरु ग्रेटर नेपालकै समर्थक ठानिने प्रम बालेनको भारत भ्रमण भयो भने हाम्रो अडान र परिणामको प्रतीक्षामा छु म चैँ,’ उहाँले उल्लेख गर्नुभएको छ।