काठमाडौं, वैशाख २१। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले लिपुलेक क्षेत्र नेपालको भूभाग भएको दाबी गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सन् १८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरेको सीमाअनुसार लिपुलेक नेपालकै भूभाग पर्ने उल्लेख गर्नुभएको हो। “लिपुलेक हाम्रो हो,” भन्दै उहाँले ऐतिहासिक सन्धि र सिमाङ्कनका आधारमा नेपालको दाबी स्पष्ट रहेको बताउनुभएको छ। उक्त सन्धिले तोकेको सीमाअनुसार नेपालको भूगोल प्रष्ट रूपमा परिभाषित भएकाले त्यसमा कुनै अन्योल हुन नहुने उहाँको धारणा छ।
नेपालको सहमतिविना भारले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र कब्जा गर्दै लिपुलेक-मानसरोवर सडक सञ्चालनमा ल्याए पछि साम्पाङले यो प्रतिक्रिया जनाउनुभएको हो । उहाँले सकार के हेरेर बसिरहेको छ भन्दै प्रश्न समेत गर्नु भएको छ ।
नेपालले उक्त क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । केपी ओली प्रधानमन्त्री भएको बेला सो क्षेत्र समेटेको राजनीतिक नक्सा संसदकाे सर्वसहमतिले पारित गरिसकेको छ ।
तर भारतले लिपुलेकबाट चीनको मानसरोवर पुग्ने सडक सञ्चालन गरेपछि सरकारले हिजो प्रेस नोट जारी गरेर सो भूभाग आफ्नो भएको दाबी गरेको थियो । तर भारतले तत्काल प्रतिक्रिया जनाउँदै नेपालको दाबीमा कुनै तथ्य र प्रमाण नभएको जनाएको छ ।
विगतमा केपी ओली चीन भ्रमणमा जाँदा सो सडकको विषयमा कुरा उठाउन भन्दै हालका प्रधानमन्त्री बालेन्द्र साहले फेसबुक स्ट्याटस लेख्नु भएको थियो । अहिले आफैँ प्रधानमन्त्री भएको बेला भारतको यो प्रतिक्रिया आए पछि उहाँको कदम के हुन्छ हेर्न बाँकी छ । साथै सुकुम्वासी बस्तीमा डाेजर लगाउन सडकमा उत्रिने नेपाली सेनाले देशको भूमि अर्को देशले मिचेर मोटर गुडाउँदा सीमा रक्षाको लागि कस्तो रणनीति लिने हो त्यो पनि हेर्न बाँकी नै छ ।













प्रतिक्रिया दिनुहोस्