काठमाडौं, बैशाख २२ । बालेन सरकारले सनकको भरमा दुई दिन सार्वजनिक बिदा दिएपछि बिरामी उपचार गर्न नपाएर छटपटाउनु पर्ने अवस्था सिर्जना भएको छ भने सरकारी निर्णयले ठुला सरकारी अस्पतालहरु अस्तब्यस्त बनेका छन ।
आइतबार पनि ओपिडी बन्द गर्ने निर्णयपछि सरकारी अस्पतालमा सोमबार बिरामीको चाप निकै बढेको छ । सरकारीमा चाप बढेसँगै महँगो शुल्क तिरेर बिरामी निजी अस्पताल जान बाध्य हुनुपरेको बताएका छन ।
सरकारले आइतबार सार्वजनिक बिदा लागू गरेपछि देशका ठुला सरकारी अस्पतालहरूको सेवाप्रवाहमा गम्भीर प्रभावित भएको छ । बिदाको व्यवस्थाले बिरामीको चाप एकै दिनमा केन्द्रित हुँदा उपचार सेवा अस्तव्यस्त बनेको हो । सीमित स्रोत–साधन र जनशक्तिका कारण सबै बिरामीलाई तत्काल सेवा दिन सम्भव नभएकाले अवस्थाअनुसार प्राथमिकता निर्धारण गर्दै उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालहरूले जनाएका छन् ।
संविधानले नै स्वास्थ्य सेवालाई आकस्मिक तथा अत्यावश्यक सेवाका रूपमा परिभाषित गरेको छ । कानुनले जुनसुकै अवस्थामा पनि स्वास्थ्य सेवा अवरुद्ध हुन नहुने व्यवस्था गरेको छ । तर, सरकारले आइतबार बिदा लागू गरेसँगै अस्पतालको नियमित सेवासमेत प्रभावित भइरहेको हो ।
पहिलेदेखि नै शनिबार सार्वजनिक बिदाका कारण अस्पतालहरूमा बिरामीको चाप उच्च हुने गरेकोमा अहिले आइतबार पनि सेवा बन्द हुँदा सोमबार बिरामीको संख्या थेगिनसक्नु भएको सवैजसो सरकारी अस्पतालको भनाई छ । परिणामस्वरूप सयौँ बिरामी समयमै उपचार नपाई प्रभावित भइरहेका छन् ।
भिडका कारण टिकट काटेका बिरामी पनि जाँचबाट वञ्चित भइरहेका छन् । कतिसम्म दयनीय अवस्था देखिएको छ भने ‘आज अति भिड रहेछ, कुर्दाकुर्दा पालो आएन, अन्तिममा भोलि आउनु आज ओपिडी बन्द भयो भनेर कर्मचारीले भने’ भन्ने बिवसता सुनाउन बिरामी बाध्य छन ।














प्रतिक्रिया दिनुहोस्