जनता टाइम्स

२२ बैशाख २०८३, मंगलवार १४:३७

गरिबका बस्ती भत्काउने आततायी डोजरे सरकार, निरिह राष्ट्रपति : हर्क साम्पाङ


काठमाडौं, वैशाख २२। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको पछिल्लो कदमप्रति तीव्र असन्तुष्टि जनाउनु भएकाे छ

गरिब तथा सुकुम्बासी बस्तीमाथि डोजर चलाउने र अध्यादेशबाट देश चलाउन सरकारकाे नीितकाे उहाले खुलेर विराेध गर्नु भएकाे छ ।

उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकारलाई ‘अध्यादेशमार्फत सञ्चालन हुने डोजरे सरकार’को संज्ञा दिनुभएको छ। उहाँका अनुसार सरकारले चुपचाप गरिबका बस्ती भत्काउने काम गरिरहेको छ भने त्यसका समर्थकहरूले त्यसलाई समर्थन गर्दै ताली बजाइरहेका छन्।  ‘चुपचाप डोजरे अध्यादेशी सरकार गरीबको बस्ती भत्काउँछ ! उसका झोलेहरु ताली बजाउँछ ! प्रतिपक्षलाई गाली गर्छ !’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा आक्राश व्यक्त गर्नु भएकाे छ ।

अध्यक्ष साम्पाङले प्रतिपक्षी आवाजमाथि समेत आक्रमण भइरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले सरकारलाई ‘आतातायी’ भन्दै आलोचना गर्नुभएको छ।

यसै क्रममा उहाँले राष्ट्रपतिको भूमिकाप्रति पनि प्रश्न उठाउनुभएको छ। वर्तमान परिस्थितिमा राष्ट्रपतिको भूमिका प्रभावकारी नदेखिएको संकेत गर्दै उहाँले ‘निरिह’ भएको टिप्पणी गर्नुभएको छ। ‘आतातायी सरकार ! निरिह राष्ट्रपति ! बिचरा…,’ उहाँले लेख्नु भएकाे छ ।