जनता टाइम्स

२२ बैशाख २०८३, मंगलवार १४:४६

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान


काठमाडौं, वैशाख २२ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन)ले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ। उहाँले दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएको हो।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

यद्यपि, बैठकका एजेण्डाबारे हालसम्म औपचारिक जानकारी गराइएको छैन। हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।