काठमाडौं, बैशाख २२ । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट-भकुण्डेबेँसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै उक्त समयमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको जनाएको छ । उक्त अवधिक पश्चात पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अलपकालीन अवधिका लागि रोक लगाउन सकिने काभ्रे प्रशासनले जारी गरेको विज्ञप्तमा जनाइएको छ ।
सोमबार राति रोशी खोलामा एक्कासी बाढी आउँदा बीच खोलामा माइक्रो बसमा सवार ८९ जना यात्रुहरू फसेका थिए । ती सवारी साधन र यात्रीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको थियो । यात्रुको उद्धारपछि प्रशासनले साँझदेखि बिहान ५ बजेसम्म रोक लगाइएको हो ।













प्रतिक्रिया दिनुहोस्