काठमाडौं, वैशाख २२। जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ।
अदालतको आदेशसँगै अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले उहाँलाई हिरासतमुक्त गरी अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने भएको छ।
जिल्ला अदालतका न्यायाधीश मोना सिंहको इजलासले यसअघि जारी भएको पक्राउ अनुमतिको म्याद नथप्ने आदेश दिएको हो।
अदालतको आदेशमा भनिएको छ, ‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न मिलेन।’
अदालतको यो निर्णयसँगै अब सम्बन्धित निकायले उहाँलाई थुनामुक्त अवस्थामै राखेर अनुसन्धान अघि बढाउनु पर्ने भएकाे छ ।













प्रतिक्रिया दिनुहोस्