बालेन सरकारले कर्मचारीमाथि कडा एक्शन लिएको छ । सामान्य प्रशासन मन्त्रालयले मंगलवार सूचना निकालेरै निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिएको हो
काठमाडौं, बैशाख २२ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग र निकायहरूमा रहेका निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियनका कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ।
मन्त्रालयले एक पत्र जारी गर्दै ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भएकाले यस्तो निर्णय गरिएको जनाएको हो। संघीय मामिला मन्त्री प्रतिभा रावलको निर्देशनमा मन्त्रालयले मंगलवार साँझ नै सवै कार्यालय बन्द गराउन निर्देशनसहितको परिपत्र पठाएको हो ।














प्रतिक्रिया दिनुहोस्