काठमाडौं, वैशाख २३ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नै सांसदहरूको घेराउको सामना गर्नुपरेको तथ्य खुलेको छ ।
प्रधानमन्त्री बालेन्द्र साह बालेनले देशभर डोजर आतङ्क मच्चाएपछि रास्वपाका एक दर्जन सांसदहरू आफ्नो घर जग्गाको लालपुर्जा छैन भन्दै रोक्नका लागि गुहार माग्दै सभापति रविलाई घेराउ गर्न पुगेको पाइएको हो ।
चार वटा प्रदेशका सांसदहरूले घेराउ गरेपछि सभापति लामिछानेले आफूले प्रधानमन्त्रीलाई डोजर आतङ्क बन्द गर्न भन्ने आश्वासन दिएर फिर्ता पठाएको घण्टीघर स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेनले वैशाख १३ गतेबाट देशभर डोजर आतङ्क मच्चाएर सुकुम्वासीको बस्ती खालीका नाममा उठीबास लगाएपछि आफूहरूको घर पनि नजोगिने अवस्था आएको भन्दै सार्वजनिक जग्गा हडपेर घर बनाएका एक दर्जन रास्वपा सांसद सभापति गुहार्न पुगेका हुन ।
उनीहरूले यो आतङ्कको सिकार सबैभन्दा धेरै आफ्नै पार्टी हुने बताएका थिए । जवाफमा रविले प्रधानमन्त्रीलाई सम्झाउने भन्दै इगो पूरा भइसकेको जानकारी गराएको ती सांसदहरुले आफू निकटलाई जवाफ दिएका छन् ।
‘सभापतिले रोक्ने भन्नुभएको छ, अव रोकिन्छ । इगो पूरा गर्न डोजर चलाएको उहाँको कुरा छ, अव कतै डोजर चल्दैन भन्ने कुरा भन्नुभएको छ,’ आफन्त र निकटसँग ती सांसदहरूले भनेका छन् । सोही क्रममा यो सूचना बाहिर आएको हो ।’ रविसँग आग्रह गरेका मध्ये एक सांसदले बताएअनुसार भेटमा रविले भन्नुभएको छ, ‘प्रधानमन्त्री बालेनको इगो पूरा भो अव कतै पनि डोजर चल्दैन, ढुक्क हुनोस् ।’
स्रोतका अनुसार सांसदहरू र केन्द्रीय समितिकै नेताहरूको दबाबपछि रविले आकस्मिक सचिवालय बैठक राखेर सोही दिन डोजर आतङ्क रोक्न बालेनलाई भन्नुभएको थियो । सो बैठकपछि प्रवक्ता मनिष झाले अव कतै डोजर चल्दैन भन्नुभएको यही बैठकको निष्कर्ष रहेको ती सांसदहरूले आफन्त र परिवारका सदस्यलाई बताएका छन् । झाले अब कतै डोजर चल्दैन भन्ने घोषणा नै गरिसक्नु भएको छ ।
रास्वपाका सांसदहरू पर्यटन मन्त्रीसमेत रहनुभएका गणेश पौडेल, केपी खनाल, जगत् जोशी, सागर ढकाल, भरत पराजुली, खीमा विश्वकर्मा, प्रशान्त उप्रेती, पूर्वप्रधानमन्त्री सुशीला कार्की लगायतले सार्वजनिक जग्गा मिचेर घर बनाएको तथ्य बाहिर आइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्