काठमाडौं, वैशाख २४ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संविधान संशोधन र संघीयता सम्बन्धी आफ्नो धारणा स्पष्ट गर्न आग्रह गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले रास्वपाले पहिले संघीयता खारेजको पक्षमा बोल्ने गरेको उल्लेख गर्दै अहिले संविधान संशोधन गर्ने वा नगर्ने विषयमा स्पष्ट हुनुपर्ने बताउनुभएको हो।
उहाँले संविधान संशोधन गर्ने हो भने केन्द्र र स्थानीय तह मात्रै रहने संरचना उपयुक्त हुने धारणा राख्नुभएको छ। साथै राष्ट्रिय सभालाई १०५ सदस्यीय बनाउनुपर्ने, पूर्ण समानुपातिक तथा महिला–पुरुष ५०/५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव अघि सार्नुभएको छ।
बाँस्कोटाले उपराष्ट्रपति नै राष्ट्रिय सभाको अध्यक्ष रहने व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभएको छ। त्यस्तै प्रतिनिधिसभामा समानुपातिक सिट खारेज गरेर महिला–पुरुषको प्रत्यक्ष प्रतिनिधित्व ४०–६० प्रतिशतको आधारमा सुनिश्चित गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभएको छ।
उहाँले जिल्ला समन्वय समिति (जिसस) आवश्यक नरहेको टिप्पणी समेत गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्