जनता टाइम्स

२४ बैशाख २०८३, बिहीबार ०८:५६

‘यो देश गरीबको पनि हो, सुकुम्वासी एकता जिन्दाबाद !’


काठमाडौं, वैशाख २४ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरीब र सुकुम्वासीको वासस्थान खोसेर बेघर बनाउने कार्यको विरोध गर्न सबैलाई आह्वान गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले ‘गरिबको बास खोसेर बेघर बनाउने आततायी सरकार’ विरुद्ध बोल्न र लेख्न आग्रह गर्नुभएको हो।

उहाँले ‘यो देश गरिबको पनि हो’ भन्दै सुकुम्वासी समुदायको अधिकार र संरक्षणका पक्षमा एकताबद्ध हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। साथै ‘सुकुम्वासी एकता जिन्दाबाद’ भन्ने नारासहित राज्यको भूमिसम्बन्धी नीतिप्रति असन्तुष्टि जनाउनुभएको छ।

पछिल्लो समय विभिन्न स्थानमा सुकुम्वासी बस्ती हटाउने तथा सार्वजनिक जग्गा खाली गराउने अभियान चलिरहेका बेला साम्पाङको यो अभिव्यक्ति सार्वजनिक भएको हो।