काठमाडौं, वैशाख २४। रास्वपा सांसद पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूलाई जोडेर फैलाइएका समाचार ‘नियोजित फेक न्युज’ भएको दाबी गर्नु भएकाे छ। स्मार्ट टेलिकमकाे ३० अर्ब रुपैँया भ्रष्टाचार मुद्दामा आफ्नो नाम जोडिएपछि स्विजरल्याण्ड पुगेको भन्ने चर्चा चलिरहेका बेला उहाँले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिनुभएकाे हाे।
खरेलले आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको आरोप लगाउँदै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा भ्रम फैलाइएको बताउनु भएकाे छ। उहाँले हाल आफू कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेको स्पष्ट पार्नु भएकाे छ ।
‘अहिले म कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा छु, गल्ती गरेको छैन, त्यसैले अलिकति पनि डर छैन,’ उहाँले सामाजिक सञ्जालमा लेख्नु भएकाे छ, ‘सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ, मेरो इमान नै मेरो गन्तव्यका लागि पर्याप्त छ ।’
उहााँले आफूविरुद्ध फैलाइएका सामग्रीले आफ्नो चरित्र र राजनीतिक भविष्यमा प्रहार गर्ने उद्देश्य राखिएको आरोप पनि लगाउनुभएकाे छ । ‘यस्ता भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ,’ उहाँले लेख्नु भएकाे छ ।
खरेलले आवश्यक परे कानुनी उपचार खोज्ने चेतावनी समेत दिनुभएकाे छ। ‘बाँकी कानुनी उपचार खोज्ने छु,’ उहाँले लेख्नु भएकाे छ।













प्रतिक्रिया दिनुहोस्