जनता टाइम्स

२४ बैशाख २०८३, बिहीबार २१:०७

प्रधानन्यायाधीश सिफारिसमा राष्ट्रिय सभा अध्यक्ष र विपक्षी दलका नेता लिखित फरक मत


काठमाडौं, वैशाख २४ । संवैधानिक परिषद् बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङदेम्बेले लिखित असहमति जनाउनुभएको छ ।

प्रधानमन्त्री बालेन शाह ले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गर्न प्रस्ताव गर्नुभएपछि उहाँहरूले वरिष्ठताक्रम र नियुक्तिको स्थापित परम्परा मिचिएको भन्दै फरक मत राख्नुभएको हो ।

बैठकमा प्रधानमन्त्री शाहले क्षमता, योग्यता तथा न्यायिक विज्ञताका आधारमा डा. शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने प्रस्ताव गर्नुभएको स्रोतले जनाएको छ । उहाँले न्याय सम्पादनसँगै न्यायिक नेतृत्व र विज्ञताको दृष्टिले पनि शर्मा उपयुक्त रहेको तर्क प्रस्तुत गर्नुभएको बताइएको छ ।

तर राष्ट्रिय सभा अध्यक्ष दाहाल र विपक्षी नेता आङदेम्बेले भने रोलक्रम मिचेर सिफारिस गरिएको भन्दै लिखित असहमति जनाउनुभएको हाे । संवैधानिक परिषद्को बैठकमा उहाँहरूले लिखित रूपमा फरक मत दर्ता गराउनुभएको जनाइएको छ ।