जनता टाइम्स

२५ बैशाख २०८३, शुक्रबार ०९:५७

न्यु डाईमेन्सन अफ डेमोक्रेसी भनेर घण्ट बजाउनले नेपाललाई न्यु भर्सन अफ नर्थ कोरिया बनाए : गोकुल बाँस्कोटा


काठमाडौं, वैशाख २५ । नेकपा एमाले नेता गाेकुल बाँस्काेटाले प्रधान न्यायाधीश नियुक्ति प्रकरणलाई लिएर सरकारमाथि कटाक्ष गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बाँस्कोटाले सरकार र सत्ताको सम्बन्धबारे यसअघि उठाइएको टिप्पणी अहिलेको घटनाक्रमले पुष्टि गरेको दाबी गर्नुभएकाे छ । ‘मिडियासामु माथ्लोघरे माइँलो कुर्लेको सुनेथेँ- सरकार हाम्रो छ तर सत्ता छैन ,प्रधानन्यायाधीश प्रकरणले बतायो- त्यो सत्ता सुदृढीकरणको फोरकाष्ट रहेछ,’ उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले चिनियाँ नेता माओत्से तुङको भनाइ उद्धृत गर्दै अहिलेको राजनीतिक अभ्यासप्रति व्यङ्ग्य गर्नुभएको छ । ‘माओ भन्थे-सत्ता बाहेक सबै भ्रम हो, न्यु डाईमेन्सन अफ डेमोक्रेसी भनेर घण्ट बजाए तर न्यु भर्सन अफ नर्थ कोरिया बनाए, अब शंख बज्छ रसियन ब्राण्डमा !’, उहाँले लेख्नु भएकाे छ ।