श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश सिफारिश प्रकरणमा न्यायालयको प्रतिष्ठा गिराउने बालेन सरकारको काम घोर आपत्तिजनक भन्दै उपसभामुखको हस्ताक्षरप्रति खेद ब्यक्त गर्नुभएको छ ।
काठमाडौं, बैशाख २५ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारको आपत्तिजनक काममा उपसभामुख रुबी ठाकुरको हस्ताक्षर खेदजनक रहेको बताउनु भएको छ ।
साम्पाङले आज बिज्ञप्ति जारी गर्दै यस्तो बताउनु भएको हो । प्रधानमन्त्री बालेनको अध्यक्षतामा सोमवार बसेको संबैधानिक परिषद बैठकले हुकुमी शैलीमा सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा तीन तीन जना बरिष्ठ न्यायाधीशलाई फालेर चौथो बरियताका डा. मनोज शर्मालाई सिफारिश गरेको बिषयमा हर्कले कडा आपत्ति जनाउनु भएको हो ।
न्यायालयको गरिमा र प्रतिष्ठा नै समाप्त पार्ने काम बालेन सरकारले गरेको भन्दै साम्पाङले आफ्नै पार्टीबाट उपसभामुख बन्नुभएको रुबीकुमारी ठाकुरको निर्णयले झनै मर्माहत बनाएकोउल्लेख गर्नुभएको छ । संसदीय दलका नेता साम्पाङले भन्नुभएको छ, ‘नियुक्ति सम्बन्धि वैठकको क्रममा नयाँ नयाँ एक ठाउँमा आउनु पर्नेदेखि mअअ, कउउ जस्ता विषय समेतको प्रसंग ल्याई दवाव र प्रभाव सृजना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानुभएको उपसभामुखले समेत बरियताको क्रमलाई उलङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ ।’
बिज्ञप्तिको पूर्णपाठ
आपत्ति
संसद छलेर राष्ट्र प्रमुखलाई दवाव दिई दिई संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गराउनु गलत थियो । गलत कार्यलाई कदापि सही भन्न सकिन्न र भन्न हुँदैन । वरियताले चौथोलाई प्रधान न्यायधीश नियुक्त गर्नु अर्को ठुलो गल्ति गरेको छ यो सरकारले । यो कदमप्रति घोर आपत्ति व्यक्त गर्दछौं । सारा नेपालीलाई थिति र सुशासनको आश्वासन दिएर आएको दलले यसरी विधि मिचेर गरिरहेको कार्य र दिएको नियुक्तिले पक्कै पनि राजनीतिक तथा कानूनी स्वार्थ राखेको हुन सक्छ । सहकारी ठगी प्रकरण, भदौ २३–२४ को नभल श आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन यो नियुक्ति दिइएको हुन सक्ने आशंका प्रसस्त देखिन्छ । नियुक्ति सम्बन्धि वैठकको क्रममा नयाँ नयाँ एक ठाउँमा आउनु पर्ने देखि mअअ, कउउ जस्ता विषय समेतको प्रसंग ल्याई दवाव र प्रभाव सृजना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानुभएको उपसभामुखले समेत बरियताको क्रमलाई उलङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ । यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको सदासर्वदा श्रम संस्कृति पार्टी विरोध गर्दछ !
जय माटो ! जय देश !!
हर्कराज राई (हर्क साम्पाङ) अध्यक्ष, श्रम संस्कृति पार्टी














प्रतिक्रिया दिनुहोस्