काठमाडौं, बैशाख २५ । नेकपा एमालेका नेता सूर्य थापाले प्रधानमन्त्री, सभामुख र कानून मन्त्रीलाई निकै अप्रिय शब्द प्रयोग गर्नुभएको छ ।
पूर्वसांसदसमेत रहनुभएका एमाले नेता थापाले प्रधानमन्त्रीलाई बाले र सभामुख डिपी अर्याललाई ‘डोले’ भन्दै एकलक्के उच्चारण गर्नुभएको हो । थापाले प्रधानमन्त्री बाले सभामुख डोले’ भन्दै थापाले महिलाहरूले ’हिलवाला लेडिज चप्पल, चुरापोते र टिकी’को पठाएर सम्मान गर्नुपर्छ भन्नुभएको हो ।
‘कामु प्रधानन्यायाधीशमा पदासीन सक्षम महिलालाई दुषित मनशायका साथ अन्यायपूर्वक सिफारिश नगरी वरियताक्रम मिचेर संवैधानिक परिषदबाट निर्णय गर्ने प्रधानमन्त्री बाले, सभामुख डोले र कानुनमन्त्री लगायतलाई नेपाली सचेत महिलाहरूले ’हिलवाला लेडिज चप्पल, चुरापोते र टिकी’को पार्सल गरी उपहार पठाएर सम्मान गर्नु उपयुक्त देखिन्छ !,’ एमाले नेता थापाले भन्नुभएको छ ।
थापाले बालेन सरकार र घन्टे ग्याङलाई नेपाली महिलाको ताकत देखाउनै पर्ने अवस्था आएको पनि बताउनु भएको छ । ‘महिलाहरूको प्रतिरोध ताकत जबर्जसत देखिनु अत्यावश्यक भयो ।’ थापाको भनाई छ ।
रााणा साशकलाई सिरहाका महिलाले उपहार पठाएर आफ्नो अवस्था जानकारी गराएको इतिहास स्मरण गराउँदै थापाले बालेन सरकार पनि त्यस्तै भएकोले उपहार जरुरी भएको बताउनु भएको छ । ‘उहिले सिरहाबाट विसं १९७४ सालमा वीपी–मातृका कोइराला र मनमोहन अधिकारीका आमाहरूले चन्द्र शमशेरकी महारानीलाई महिलाहरूको अवस्था थाहा गराउन आफ्ना फाटेका गुन्यू,चोलीआदि पार्सल गरी पठाएका थिए !!’ थापाको भनाई छ ।
थापाले यसअघि कानूनमन्त्री सोबिता गौतममाथि पनि कडा आक्रोश पोख्नुभएको थियो । थापाले भन्नुभएको थियो, ‘रास्वपा सिंगै यस्ता दुईजिब्रे÷छेपारा÷उपियाँहरूले भरिभराउ छ–
के बोल्थे, के गर्दैछन ? फरक–हिजो काठमाडौं–आज चितवनको प्रतिनिधि । हिजो अध्यादशको घोर विरोधी–आज स्वयं प्रस्तावक । विभागीय मन्त्री झूठो बकबास गरेकोमा राजीनामा गर।’













प्रतिक्रिया दिनुहोस्