काठमाडाैं, वैशाख २७ । चितवनको भरतपुरमा विवाह भोज खाँदा ९३ जना बिरामी परेका छन् ।
भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोजमा सहभागी ‘फुड पोइजनिङ’ भई बिरामी परेका हुन् । बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वैशाख २३ गते भोज खाएकाहरू बिरामी परेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । केहीको काठमाडौँको निजामती कर्मचारी (सिभिल) अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बिरामी भएका ९३ जनामध्ये अहिले ५० जना उपचाररत छन् ।
घटनापछि पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यससम्बन्धी थप अध्ययन गर्ने प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्