जनता टाइम्स

२७ बैशाख २०८३, आईतवार १७:२३

कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने चार दलको निर्णय : यथाशिघ्र चाँडो विश्वासको मत लिन सुझाव 


जनकपुरधाम, बैशाख २७ । जनमत पार्टीले समर्थन फिर्ता गरेपनि संकटमा परेको मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेका छन।

सत्तारुढ चार दलले आइतबार वर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत लिने निर्णय पनि गरेका छन् ।उनीहरूले विज्ञप्तिमार्फत यथाशिघ्र चाँडो विश्वासको मत लिने पनि निर्णय गरेको बताएका छन् ।

कांग्रेस, जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र लोसपा नेपालको संयुक्त बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेका हुन्।