जनता टाइम्स

२७ बैशाख २०८३, आईतवार २०:१८

सिनियर ‘जज’ले राजीनामा दिने बिश्वासमा चौथो छनोट, परिषद बैठकको अघिल्लो रात रवि निवासमा थिए ‘मनोज’


काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री बालेन्द्र साह बालेन र रास्वपा सभापति रबि लामिछानेले बरिष्ठतम सवै न्यायाधीशहरू रिसाएर राजीनामा दिने सूचनाका आधारमा चौथो नम्बरका मनोजकुमार शर्माको छनोट गरेको खुलासा भएको छ । संबैधानिक परिषदको बैठक बस्ने अघिल्लो दिन सत्तारुढ दलका नेताको घरघरमा पुगेका दुई बिचौलियाले नै यो तथ्य खोलेका हुन ।

रास्वपा निकट स्रोतले जनताटाइम्स डटकमलाई दिएको जानकारी अनुसार बैशाख २३ गते राती रबि लामिछाने मनोजलाई प्रधानन्यायाधीश बनाउनेमा सहमत हुनुभएको हो । प्रधानमन्त्री बालेन र रबिबीच छैटौं नम्बरका तीलप्रसाद श्रेष्ठलाई बनाउने र पाँचै जनाले छाडने भनिएकोमा सो राती दुई जनाले कसैगरी राजीनामा नदिने, बरिष्ठता मिच्दा कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र हरिप्रसाद फुयालले मात्रै राजीनामा दिनेमा बिचौलियाले सूचना दिएको थियो ।

सोही सूचनापछि राती रबिका निवासमा न्यायाधीश मनोजकुमार शर्माका तर्फबाट दुई जना बिचौलिया पुगेर गहन छलफल गरेको स्रोतले बतायो । ‘मनोज श्रीमानको तर्फबाट रबि लामिछाने निकट एक जनासहित राती निवासमा पुगेर लामै छलफल गरेको हो, त्यँही तीन जना फालेर चौथो हाल्ने सहमति बनेको हो,’ स्रोतले जनताटाइम्स डटकमसँग भन्यो ।

त्यो राती के–के खाका बने भन्ने बिषयमा भने स्रोतले अनबिज्ञता जनाएको छ । यसैबीच सोही सूचना पाएको आधारमा अन्तरिम सरकारकी प्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले ‘के–के लेनदेन भयो र मनोज छानियो ?’ भन्दै प्रश्न गरिसक्नु भएको छ ।

स्रोतले सोही सूचनाका आधारमा बालेन र रबिसहित सत्तारुढ दलसँग कार्की फायर हुनुभएको हो । रबि निवासमा भएको छलफलपछि बैशाख २४ गते बसेको संबैधानिक परिषद बैठकले मनोन शर्माको सिफारिश गरिएको छ । सो कामका लागि रास्वपा र बालेनले बिगतको सेटिङ भत्काउने काम भनेर प्रचार गराएको छ ।

यता प्रधानन्यायाधीश सिफारिश हुनुभएका न्यायाधीश मनोज पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराका खास पात्र हुनुहुन्छ । न्यायपरिषद्बाट सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएका पाँच जनाको सूचीमा डा. मनोजकुमार शर्माको नाम परेपछि २०७५ साल चैत अन्तिम साता न्यायाधीशहरूको सम्मेलनमा तत्कालीन प्रधानन्यायाधीश जवराले ‘यसपालि ‘हिरा’ टिपेर ल्याएको छु । त्यो हिरा मनोज हो’ भन्नुभएको थियो । चोलेन्द्रको सो भाषण त्यसबेला न्यायिक क्षेत्रमा निकै चर्चामा रहेको थियो ।

जवरा आफ्नै विवादित भूमिकाका कारण प्रधानन्यायाधीशको पूर्ण कार्यकाल पूरा गर्न नपाएर हिडनु भयो । जवराले हिरा ठानेका शर्मा भने अहिले नयाँ भनिने रास्वपाको मनमा परेर संवैधानिक परिषद्ले वरिष्ठता क्रम मिचेर प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ । शर्माको बिषयमा न्यायाधीश सिफारिश हुँदा नै संसदीय सुनुवाइ समितिमा बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले उजुरी हाल्नुभएको थियो । समितिले केही नगरेपछि थापाले रिट लिएर सर्वाेच्चकै ढोकासमेत ढकढक्याउनु भएको थियो ।

थापाका अनुसार संविधानको धारा १२९ मा ‘कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीश पदमा कम्तीमा ५ वर्ष काम गरेको व्यक्ति’ मात्रै सर्वाेच्चको न्यायाधीश हुनसक्छ । उक्त व्यवस्थाअनुसार कुनै पनि व्यक्ति कानुन व्यवसायीका हैसियतले नियुक्ति हुने हो भने सिफारिस हुनुअघि कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्ने भन्ने थियो । यी आधारमा शर्माको योग्यता नपुग्ने दलिल थापाको थियो ।

मनोज आफ्नै काका दामोदरप्रसाद शर्मा प्रधानन्यायाधीश भएको बेला न्यायालय छिर्नुभएको थियो । आफू प्रधानन्यायाधीश भएको बखत २०७१ सालमा दामोदरले पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा मनोजलाई नियुक्ति दिनुभएको हो । पछि संबिधान जारी भएपछि हटेका शर्मा पूर्वप्रधानन्यायाधीशद्वय जबरा र शर्माको न्यायालय भित्रको घनिष्ट सम्बन्धको कारण सर्वाेच्चमा पुग्नुभएको थियो ।

६ वर्षअघि यसरी सर्वोच्च अदालतको न्यायाधीशमा कार्य प्रारम्भ गरेका शर्मालाई बुधबार संवैधानिक परिषद्ले हालसम्मको न्यायिक परम्परा र अभ्यास तोड्दै प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । नयाँ भन्ने दल रास्वपाले मेरिटबेसका आधारमा भन्दै उहाँलाई छानेको हो । चोलेन्द्रको हिरा बालेन र रबि लामिछानेको पनि हिरा नै हुन भन्ने निचोड यस घटनाले निकालेको छ ।