जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार १५:०९

सिन्धुपाल्चोक दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो


काठमाडौं,  मंसिर २९  । सिन्धुपाल्चोकमा आज विहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । काठमाण्डौं स्थित KMC अस्पतालमा उपचारको लागि ल्याइएको बर्ष २५ की रिपिका लामाको केहीबेर अघि उपचारको क्रममा मृत्यु भएको हो । सोही अस्पतालमा उपचारार्थ बर्ष ६ की संजिका तामाङ्गको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दोलखाको कालिञ्चोकबाट काठमाडौं फर्कदैगरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउपालिका वडानम्बर ७ को ६ किलोमा दुर्घटना हुदा सिन्धुपाल्चोकमै १४ जनाको मृत्यु भएको थियो ।

मृतक १५ जना मध्ये हालसम्म जम्मा दुई जनाको मात्र सनाखत भएको छ । भने अन्यको सनाखतका लागि पहिचान गर्न शव अस्पतालमा राखिएको छ । यसअघि दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ६ का जुनु तमाङको मात्र सनाखत भएको थियो ।

दुर्घटनामा परी घाईते भएका १७ जनाको सिन्धुपाल्चोक, काठमाण्डौं, काभ्रे लगायतका अस्पतालहरुमा उपचार भैरहेको प्रहरीले जनाएका छन् ।