काठमाडौं, बैशाख २८ । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ ।
संघीय संसद्को संयुक्त बैठकमा सोमवार आगामी आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिनुभएको हो । रास्वपा बरिष्ठ नेता बालेन साह नेतृत्वको सरकारले संबधान संशोधन मस्यौदा कार्यदल नै गठन गरेर काम अघि बढाइसकेको छ ।
सोही योजनाअनुसार सरकारले दलहरूको सहमतिमा संबिधान संशोधन गर्ने बताएको हो । ‘सबै बर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँगको संवाद र सहकार्यका आधाार संविधान संशोधनका साझा विषय पहिचान गरी संविधान संशेधन बहसपत्र तयार गरिनेछ,’ सरकारको नीति कार्यक्रम घोषणा गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो ।
सरकारले यसअघि नै प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा संविधान संशाधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेको छ । कार्यदलले आफ्नो काम अगाडि बढाएको छ ।
कार्यदलमा संसदमा रहेका दलहरुले समेत आफ्नो प्रतिनिधि पठाइसकेका छन । कार्यदलले काम थालेकै कारण सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेत यो विषय समेटेको हो ।













प्रतिक्रिया दिनुहोस्