बिराटनगर, बैशाख २९ । नेपाली कांग्रेसको शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला समूहले विराटनगरमा छुट्टै भेला गरेको छ ।
राष्ट्रिय सभाबाट केही समयअघि हटाइएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला प्रमुख अतिथि रहेको भेलामा नेपाली कांग्रेस कोशी प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईसहित ६ जना प्रदेश सांसदहरू उपस्थित हुनुभएको छ ।
भेलामा प्रदेश सांसदहरू सुनिता गच्छदार, सुनिताकुमारी गुरुङ, खगेश्वरी पौडेल तथा प्रदेश पर्यटन मन्त्री भीम पराजुली पनि सहभागी हुनुभएको छ । मन्त्री पराजुलीका अनुसार विशेष महाधिवेशनपछिको राजनीतिक अवस्था र आगामी कार्यदिशाबारे छलफल केन्द्रित छ ।
विराटनगरको बिग होटलमा भएको भेलामा नेताहरू मीन विश्वकर्मा, पूर्वमुख्यमन्त्री केदार कार्की, प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङ सचिव सचिव मोदनाथ घिमिरेको समेत सहभागिता रहेको देखिएको छ ।
यस्तै नेविसंघ मोरङ सभापति सरोज पोख्रेलसहितका विद्यार्थी नेता पनि भेलामा सहभागी छन् । भेलामा सहभागी भीम पराजुली र पूर्वमन्त्री भूपेन्द्र यस अघिदेखि नै सिटौला समूहमा हुनुहुन्थ्यो । पूर्वमुख्यमन्त्री केदार कार्की भने डा. शेखर कोइराला समुहमा रहनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्