काठमाडौं, वैशाख २९ । प्रधानमन्त्रीको संसद्प्रतिको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउँदै सरकार नागरिकप्रति उत्तरदायी बन्न नसकेको बताउनुभएकाे छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने संवैधानिक र नैतिक दायित्व रहेको बताउनुभयो । ‘यो सरकारको प्रधानमन्त्री छ कि छैन ?’ उहाँले प्रश्न गर्नुभयो, ‘यदि प्रधानमन्त्री हुनुहुन्छ भने उहाँले संसद्लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ?’
उहाँले सांसदका प्रश्नलाई जनताको आवाजका रूपमा व्याख्या गर्दै त्यसको उत्तर नदिनु भनेको प्रत्यक्ष रूपमा जनताको प्रश्नबाट भाग्नु भएको टिप्पणी गर्नुभयो । ‘सांसदहरूको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो,’ उहाँले भन्नुभयो, ‘जनताको प्रश्नको उत्तर दिन नसक्नु असक्षमता हो । के हाम्रा प्रधानमन्त्री असक्षम बन्नुभएको हो ?’
साम्पाङले पछिल्लो समय नागरिकमा असुरक्षाको भावना बढिरहेको दाबी गर्दै सरकार जनताको जीउधन र राष्ट्रिय सीमाको सुरक्षामा कमजोर देखिएको आरोप लगाउनुभयो । ‘जनता सरकारबाटै असुरक्षित महसुस गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘जनताको र सीमाको रक्षा गर्न नसक्ने सरकारलाई कसरी सक्षम भन्ने ? सरकार किन मूकदर्शक बनेको छ, यसको जवाफ दिनुपर्छ ।’
सीमावर्ती क्षेत्रमा भइरहेको निर्माण गतिविधिबारे पनि उहाँले सरकारसँग स्पष्ट धारणा माग गर्नुभयो । महाकाली नदी आसपास भइरहेका निर्माणप्रति संकेत गर्दै उहाँले छिमेकी देशले नेपाल सरकारसँग सहमति गरेर निर्माण गरिरहेको हो वा एकतर्फी रूपमा अघि बढाइएको हो भन्ने प्रश्न उठाउनुभयो । ‘सीमावर्ती क्षेत्रमा छिमेकी सरकारले गरिरहेको निर्माण नेपाल सरकारलाई सोधेर गरिएको हो वा आफूखुसी गरिएको हो ?’ उहाँले भन्नुभयो, ‘महाकाली नदीको तटमा पारिपट्टि भइरहेको निर्माण हामीले स्पष्ट देखिरहेका छौँ ।’
उहाँले धार्मिक स्थल र विद्यालय भत्काउने सरकारी गतिविधिप्रति पनि आपत्ति जनाउनुभयो । ‘बोल्न नसक्ने भगवानका मन्दिर र विद्यालय किन भत्काइएको हो ?’ उहाँले प्रश्न गर्नुभयो, ‘सरकारले जताततै भत्काएको र फोडेको देख्दा जनता आतंकित भएका छन् ।’
सरकारले शक्ति र सुरक्षा संयन्त्रको भरमा शासन गर्न खोजेको आरोप लगाउँदै उहाँले जनतामा डरको वातावरण सिर्जना भएको टिप्पणी गर्नुभयो । ‘बन्दुक र बुट देखाएर सरकारले कहिलेसम्म शासन गर्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्