जनता टाइम्स

२९ बैशाख २०८३, मंगलवार १७:०३

सुपादेउराली दर्शनबाट फर्किएको बस अर्घाखाँचीमा दुर्घटना, ४ जनाको मृत्यु


काठमाडौं, वैशाख २९ । अर्घाखाँची मा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ महिला र १ पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

सुपादेउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेका पर्वतका यात्रु सवार ध १ ख ५०४ नम्बरको रिजर्भ बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बसमा करिब ३० जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएकाहरूको स्थानीयवासी र प्रहरीले उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।