काठमाडौं, बैशाख ३० । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा प्रथम महाधिवेशन आगामी असार पहिलो साता गर्ने प्रस्ताव पेस भएको छ ।
पार्टी कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव पेस गर्नु भएकाे हाे । महाधिवेशन चितवनमा गर्ने प्रस्ताव छ ।
यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । सोही निर्णयअनुसार अनुसार भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने हुन्थ्यो । रास्वपा २०७९ सालमा गठन भएको थियो ।














प्रतिक्रिया दिनुहोस्