काठमाडौं, मङ्सिर ३०। सरकारको मातहतमा आएको स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियामा अनियमितता गरेको आरोपमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ पर्नुभएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) का प्रमुख एआईजी डा. मनोज केसी ले उहाँ पक्राउ परेको पुष्टि गर्नुभएको छ। सिआईबीका अनुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कले सरकारले टेकओभर गरेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई लिलामी गरेको विषयमा अनुसन्धान भइरहेको छ ।
उक्त प्रकरणमा छानबिनको माग गर्दै चार्टर्ड एकाउन्टेन्ट भेषराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सोही मुद्दाको अनुसन्धानका क्रममा बिना धितो ४ अर्ब रुपैयाँभन्दा बढी ऋण प्रवाह गरिएको तथा त्यसमा प्राइम बैङ्कको समेत मिलेमतो देखिएको सिआईबी स्रोतले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्