जनता टाइम्स

३० बैशाख २०८३, बुधबार १२:२५

मन्त्रिपरिषद्बाट कार्य विभाजन नियमावली स्वीकृत, विभिन्न निर्णय अनुमोदन


काठमाडौ, वैशाख ३०। मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कार्य विभाजन नियमावली स्वीकृत गरिएको जानकारी दिनुभयो ।

बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ मा संशोधन गर्ने प्रस्तावसमेत स्वीकृत गरेको उहाँले बताउनुभयो ।

यस्तै, मन्त्रिपरिषद्ले भूमिसम्बन्धी २१औँ संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का र योगेश गौचन थकाली लाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ ।