जनता टाइम्स

३० बैशाख २०८३, बुधबार १६:४१

संसदमा देखियो अहिलेसम्मै नदेखिएको दृष्य


इतिहासमा ‘आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बहिष्कार गर्ने प्रधानमन्त्री को हो ?’ ‘राष्ट्रपति र संसद दुवैको हाकाहाकी अपमान गर्न सक्ने सर्वशक्तिमान प्रधानमन्त्री को हो ?’ भन्ने प्रश्नको जवाफमा बालेन साह लेखिन्छ भन्ने लोभले ती काम गरिएको प्रधानमन्त्रीका नियुक्ति खाएका पिए, सल्लाहकार र आसेपासेको दावा छ ।

गणेश बस्नेत

प्रतिनिधि सभा बैठकमा हरेक दिन अहिलेसम्म नदेखिएको दृष्यहरू देखिन थालेका छन । चुनावमा झण्डै दुई तिहाई सिटमा जीत निकालेर सिंहदरवारमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन साह बिगतको सवै परम्परा तोडेर नयाँ कायम गर्ने दौडमा रहेकै बेला संसद बैठकमा पनि धमाधम नदेखिएको दृष्यहरु देखिन थालेका हुन ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भयो, प्रधानमन्त्री बालेन साह आफैले आफ्नो सरकारको नीति कार्यक्रम बहिष्कार गर्नुभयो । यो दृष्य बिश्वको संसदीय इतिहासमा अहिलेसम्म कतै देखिएको वा पढन पाएको छैन । राष्ट्रप्रमुख, संबिधानको संरक्षक राष्ट्रपति सरकारको नीति कार्यक्रम बाचन गरिरहेको बेला कार्यकारी प्रमुख प्रधानमन्त्री बैठक छाडेर हिडनुभयो, यो पनि अहिलेसम्म देखिएको थिएन ।

त्यसो त आफ्नो शपथमा दौरा सुरुवाल र कोटमा सजिएर पुग्ने, नेपाली सेनाको कार्यक्रममा दौरा सुरुवाल र कोटमा सजिने प्रधानमन्त्री बालेन राष्ट्रप्रमुखले संघीय संसदको दुवै सदनमा सम्बोधन गर्न आउँदा औपचारिक पोशाकलाई लात हानेर अनौपचारिक पहिरनमा आउनु भयो । प्रधानमन्त्री बालेनको यो निर्णय नेपाली पोशाकप्रतिको घृणा होला भन्ने अनुमान सोही पार्टीका सांसदहरुको रहेको छ ।

राष्ट्रप्रमुखको सम्मानका खातिर प्रधानमन्त्री बैठक छाडेर हिनुभएको हो कि अपमान भन्ने बिषय अहिले पनि बहशमै छ । प्रधानमन्त्रीको टीम राष्ट्रप्रमुखले पढन समय धेरै लगाएकोले कामको दौडमा रहेका प्रधानमन्त्री बसिरहने फुर्सदमा नभएको भन्दै दावा पेश गरेको छ । रास्वपाले केही बोलेको छैन । प्रधानमन्त्री बालेन साह आफै केही बोल्दै नबोल्ने नीतिमा हुनुहुन्छ । त्यसैले नीति कार्यक्रमदेखि संसदमा सांसदहरुको कलेज जीवनको भिडियो बारम्बार आइनै रहेको छ ।

बुधवार भने अर्काे गज्जवका दृष्य देखिएको छ । संसदमा माओवादीले ‘कुर्सी तोडने र बजेटको ब्रिफकेस फोडने’ काममा इतिहास रचायो । नयाँको नाममै माओवादीका सांसदहरुले ती सवै काम गरे । अहिले पनि हामी नयाँ भन्ने रास्वपाका सांसद र सरकार नयाँ नयाँ इतिहास रच्ने काममा लागेको छ । इतिहास रच्नकै लागि नीति कार्यक्रमको बेला प्रधानमन्त्री बालेनले संसद र राष्ट्रपति दुवैको अपमान गर्दै बैठक छाडेर कुलेलम ठोक्नुभएको छ ।

इतिहासमा ‘आफ्नै नेतृत्वको सरकारको नीति तथा कार्यक्रम बहिष्कार गर्ने प्रधानमन्त्री को हो ?’ ‘राष्ट्रपति र संसद दुवैको हाकाहाकी अपमान गर्न सक्ने सर्वशक्तिमान प्रधानमन्त्री को हो ?’ भन्ने प्रश्नको जवाफमा बालेन साह लेखिन्छ भन्ने लोभले ती काम गरिएको प्रधानमन्त्रीका नियुक्ति खाएका पिए, सल्लाहकार र आसेपासेको दावा छ । चिया गफमा यस्ता तर्क गर्ने गरेका छन भन्ने कुरा प्रधानमन्त्री कार्यालय सिंहदरवारभित्रै हरेक दिन चर्चा हुने गरेको पाइन्छ ।

प्रतिनिधि सभाको बुधबारको बैठक विपक्षी दलहरुले अवरोध गरिरहेपछि प्रधानमन्त्री बिनै पनि संसद चल्न सक्ने भनेर सभामुखले संसद् सञ्चालन नियमावली बुझाइरहँदा नेकपा एमालेका सांसद गुरु बरालले सभामुखले भनेको बुँदा यहाँ छ भन्दै खाली पेज देखाउनु भयो । सांसद बरालले हाँस्दै खाली पेज देखाइरहँदा सांसदहरुबीच हाँसो फैलिएको थियो । सभामुख अर्यालले पनि हाँसो रोक्न सक्नुभएन 

बुधवार संसदमा यी सवैभन्दा अर्काे फरक र रोचन दृष्य देखियो । रिसले पारो तताएर बस्नुभएका सभामुख डिपी अर्याल सभामुखको आसनबाट बोल्दाबोल्दै एकाएक खित्का छाडनु भयो । हाँसो रोक्न खोजे पनि उहाँले सक्नुभएन । प्रधानमन्त्री बालेन साह जवाफ दिने गरी संसदमा आउँदै नआउने, कुनै मन्त्री तोकेर खेताला पठाउने काम गरेपछि आक्रोशित बिपक्षी दलका सांसदहरूलाई संसद् सञ्चालन नियमावली पढाउँदा पढाउँदै खाली पेज आएपछि सभामुख खित्का छाडेर हास्नुभयो । सांसदहरुको हासोले त संसद बैठक नै गुञ्जायमान बन्यो ।

प्रतिनिधि सभाको बुधबारको बैठक विपक्षी दलहरुले अवरोध गरिरहेपछि प्रधानमन्त्री बिनै पनि संसद चल्न सक्ने भनेर सभामुखले संसद् सञ्चालन नियमावली बुझाइरहँदा नेकपा एमालेका सांसद गुरु बरालले सभामुखले भनेको बुँदा यहाँ छ भन्दै खाली पेज देखाउनु भयो । सांसद बरालले हाँस्दै खाली पेज देखाइरहँदा सांसदहरुबीच हाँसो फैलिएको थियो । सभामुख अर्यालले पनि हाँसो रोक्न सक्नुभएन ।