जनता टाइम्स

३१ बैशाख २०८३, बिहीबार ११:५३

प्रधानमन्त्री बालेन आज पनि संसद नआउने, फेरि तोके अर्थमन्त्रीलाई नै वारेस


काठमाडौं, बैशाख ३१ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आफैँ जवाफ नदिने हुनुभएको छ । यही निर्वाय सुनाउँदै प्रधानमन्त्री शाहले आज पनि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नै वारेश तोकेर सदन पठाउनु भएको छ ।

प्रधानमन्त्री बालेन कसैगरी संसदमा जवाफ नदिने र नजाने अडानमा रहेपछि संसद सचिवालयको कार्यसूची नै फेरेर प्रधानमन्त्री बालेनको साटो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने उल्लेख गरेको छ । बिहान आएको कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने भनिएकोमा त्यसलाई अहिले सच्याइएको हो ।

बुधवारको बैठकमा प्रतिपक्षी दलहरुले प्रधानमन्त्री आफैंले जवाफ दिनुपर्ने माग गर्दै दिनभर संसद अवरोध गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग आफूले संवाद गर्ने बताउनु भएको थियो तर प्रधानमन्त्री बालेनले कसैलाई भेट समेत दिनुभएन । उहाँ आज पनि संसद आउन तयार हुनभएन । सभामुखसँग सम्वादसमेत हुन नसकेको संसद सचिवालय स्रातले बताएको छ ।