काठमाडौं, बैशाख ३१। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपनेता सांसद गणेश पराजुलीले संसदमा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलको अभिब्यक्ति रेकर्डबाट हटाइएको भोलिपल्ट रास्वपाका उपनेता पराजुलीको अभिब्यक्ति पनि डिलिट हानिएको हो । गत २९ वैशाखको बैठकमा पराजुलीले बोल्ने क्रममा व्यक्त गरेका दुई वटा शब्द प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिइएको सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो ।
सभामुख अर्यालका अनुसार, पराजुलीले आक्रोशमा ब्यक्त गर्नुभएको ‘भरौटेहरू’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो’ भन्ने शब्द सभाको अभिलेखबाट हटाइएको हो ।
‘वैशाख २९ गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नांगै हिंडेजस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई हटाउन निर्देशन गरेको छु,’ सभामुख अर्यालले भन्नुभयो । सदनमा सत्तारुढ दलका अधिकांश सांसदहरु प्रतिपक्षी मानसिकताका साथ बिपक्षी दलमाथि गाली बर्साउने कला देखाउन थालेपछि सभामुखले कडा कदम चाल्नुभएको हो ।
पराजुलीले दिएको अभिव्यक्ति हटाउन हिजो बसेको बैठकमा एमाले प्रमुख सचेतक ऐन महरले हटाउन माग गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्