काठमाडौं, जेठ १। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा उठेका प्रश्नको उत्तर दिन समेत नसक्ने प्रधानमन्त्रीले लिपुलेक फिर्ता ल्याउने कुरा गर्नु ‘हास्यास्पद’ भएको टिप्पणि गर्नु भएकाे छ ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले संसदबाटै भाग्ने शैली देखाउने नेतृत्वबाट राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा ठूला दाबी गर्नु केवल ‘एआई मिडिया ट्रायल’ जस्तै भएको टिप्पणी गर्नु भएकाे छ।उहाँले ‘संसदमा उठेका प्रश्नहरूको उत्तर समेत दिन नसक्ने, जाबो एक मिनेटको दूरीमा रहेको सदन आउन नसक्ने डरपोक प्रधानमन्त्रीले लिपुलेक फर्काउँछ भन्ने एआई मिडिया ट्रायल गर्नु जतिको हाँसो उठ्दो मजाक अरू छैन’ भन्दै कटाक्ष गर्नुभएको छ ।
साम्पाङको यो अभिव्यक्तिलाई प्रधानमन्त्रीको पछिल्लो गतिविधि र संसदप्रतिको भूमिकामाथिको आलोचनाका रूपमा हेरिएको छ । पछिल्ला दिनमा संसद बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले समेत प्रश्न उठाइरहेका बेला साम्पाङले सामाजिक सञ्जालमार्फत आक्रामक टिप्पणी गर्नुभएको हो ।
उहाँले राष्ट्रियताको विषयलाई प्रचारमुखी अभिव्यक्तिमा सीमित गर्न नहुने संकेत गर्दै सरकारको कार्यशैलीमाथि असन्तुष्टि व्यक्त गर्नुभएको छ । विशेषगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता संवेदनशील राष्ट्रिय मुद्दामा सरकारले व्यवहारिक कूटनीतिक पहलभन्दा बढी प्रचार खोजेको आलोचकहरूकाे धारणा छ ।
साम्पाङको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै प्रतिक्रिया देखिएका छन् । धेरैले यसलाई सरकारप्रतिको जनआक्रोशको आवाज भनेका छन् भने केहीले प्रधानमन्त्रीमाथि प्रयोग गरिएको भाषालाई अस्वाभाविक र आक्रामक टिप्पणीका रूपमा टिप्पणी गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्