काठमाडौं, जेठ १ । नेपालमा मात्र नभई बिदेशमा समेत प्रतिष्ठित मानिने शर्मा एण्ड कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक रमेश शर्मालाई सोमवार बिहान पौने ११ बजेतिर कार्यालयबाटै प्रहरीले उठायो । आफ्नो कार्यालयमै यसरी एक्कासी प्रहरी आएर नियन्त्रणमा लिन खोजेपछि शर्माले सोधे, ‘के आधारमा समात्ने हो, पक्राउ पुर्जी खोई ?’ प्रहरीले जवाफ दियो, ‘भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको निर्देशनमा हामी समात्न आएको ।’
यो जवाफपछि नेपाल निर्माण ब्यवसायी महासंघका पूर्वअध्यक्षसमेत रहेका शर्मा आफ्नै गाडीमा प्रहरी टोलीलाई समेत राखेर सिंहदरवारस्थित मन्त्रालय पुग्नुभयो । उहाँलाई मन्त्रीको सचिवालयमा बुझाएर प्रहरी हिड्यो । शर्मालाई यसरी अपमानपुर्वक समातेर झिकाउनुको कारण रहेछ, ‘बिटुमिन र स्थानीय निर्माण सामग्री अभाव तथा चरम मूल्यवृद्धिका कारण रोकिएको मुग्लिन–नागढुंगा सडक निर्माणको काम ।’ समयभन्दा ढिलाई सकेसम्म नगर्ने निर्माण कम्पनी र प्रतिष्ठित ब्यवसायी शर्मा सो आयोजना अन्तर्गत पश्चिम खण्डको निर्माणको ठेक्का पाएको छ ।
शर्माका अनुसार उक्त आयोजना निर्माणका विषयमा छलफल गर्न सडक विभागका महानिर्देशक विजय जैसीले सोही दिन बिहान १०ः३० बजे मन्त्रालय बोलाउनु भएको थियो । तर, बिहानै फोन गरेर बैठक सरेको जानकारी दिइएको थियो । बैठकका लागि तयार भएका शर्मा त्यसपछि स्यूचाटारस्थित आफ्नै कार्यालयमा रहनुभएको थियो । त्यहीबेला लम्सालको आदेशमा अपराधीलाई जसरी पक्राउ गर्न प्रहरी आइपुगेको थियो । सहरी विकास मन्त्रालय पुरयाएपछि मन्त्री लम्सालको सचिवालयमा शर्मालाई हस्तान्तरण गरी प्रहरी त्यहाँबाट हिँडेको थियो ।
प्रहरी हिडेपछि शर्मालाई बल्ल जानकारी भयो आफू समातिनुको कारण । ‘पटक–पटक बैठक बोलाउँदा समेत नआएको’ आरोपमा सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी पाएका सुनिल लम्सालको निर्देशनमा पक्राउ गरेर बुझाउन भनिएको रहेछ । तर यो शतप्रतिशत बनावटी कुरा रहेको शर्माको बिगतले नै बताउँछ । शर्मा ‘मन्त्रालयले बोलाएको बेला जहिले पनि जाने गरेको, मन्त्री त के, आयोजना हेर्ने सामान्य कर्मचारीले बोलायो भने पनि आउने’ इमान्दार निर्माण ब्यवसायीको रुपमा मन्त्रालयकै कर्मचारीले बताउने गरेका छन ।
यसबेलासम्म मन्त्री लम्सालको सचिवालयले शर्मा पक्राउको समाचार जताततै फैलाइसकेको थियो । इमान्दारलाई समातेर तर्साउने जुक्तिअनुसार भएको कारण मन्त्रीको सचिवालय पुरै शर्माको समाचार दिन तल्लिन रह्यो । शर्माको मानमर्दन गर्न र अरु ठेकेदार तर्साउन मन्त्रीले यो चक्रब्यूह रचेको देखियो ।
नेपालको निर्माण क्षेत्रमा लामो अनुभव हासिल गरेको शर्मा एण्ड कम्पनी निर्माण क्षेत्रमा अब्बल मानिन्छ । आफ्नो ५५ वर्षको लामो इतिहासमा नेपालको निर्माण क्षेत्रमा कम्पनीले उल्लेखनीय योगदान पुर्याउन सफल पनि भएको छ । सो कम्पनीले निर्माण क्षेत्रमा ५ दशक भन्दा बढीको अनुभव हासिल गर्दा देशका ठूला–ठुला प्रोजेक्टहरु कम्पनीले काम गर्न सफल भइसकेको छ भने शर्मा एण्ड कम्पनीले ३ हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ । राजधानी काठमाडौंमा मेडिसिटी अस्पताल, वीर अस्पतालको नयाँ भवन, कमल पोखरीको सिटी सेन्टर, सिंहदरबार अगाडिको वाणिज्य बैंक लगायतका भवनको निर्माण शर्मा एण्ड कम्पनीले नै गरेको हो ।
यस्तै विशाल नगरको सेन्टरपार्क अपार्टमेन्ट, सीतापाइला हाउजिङ, बालकोटमा रोज भिलेज प्रोजेक्ट कम्पनीले नै निर्माण गरेको हो । मदनभण्डारी राजमार्ग अन्तर्गत धरान चतराबाट सिन्धुलीसम्मको १ सय ३५ किमी सडक शर्मा एण्ड कम्पनी र लामा कन्ट्रक्सनले निर्माण गरेको छ । मेलम्ची खानेपानी प्रोजेक्ट अन्तर्गत काठमाडौंको ३ सय किमी क्षेत्रमा यही कम्पनीले नयाँ पाइपलाइन बिछ्याउने काम गरिसकेको छ । राजमार्गका ठूला–ठूला पुल निर्माण गर्ने कम्पनीमा पनि शर्मा एण्ड कम्पनी अग्रणी मानिन्छ । इतिहास हेर्दा सो कम्पनी तोकेको समयमा काम पूरा गर्ने निर्माण कम्पनीको रुपमा स्थापित छ । तर बिटुमिन र स्थानीय निर्माण सामग्री अभाव तथा चरम मूल्यवृद्धिका कारण रोकिएको मुग्लिन–नागढुंगा सडक निर्माणको कामलाई लिएर अपराधी जसरी उठाएर आतंक मच्चाउने र प्रतिष्ठामा आँच पुर्याउने काम मन्त्रीकै नेतृत्वमा भयो ।
मुलुककै प्रतिष्ठित निर्माण कम्पनी र प्रतिष्ठित निर्माण ब्यवसायी शर्मालाई यसरी अपहरण शैलीमा पक्राउ गरिनुको उदेश्य ‘प्रतिष्ठित र इमान्दार समातेर तर्साउने र बदमाससँग असुली गर्ने’ रहेछ भन्ने कुरा रास्वपा कार्यालय घन्टीघरतिरको सूचनाले देखियो । काम गर्ने जति सवै बदमास, ठेक्का पाउने जति सवैले सेटिङ गरेको ठान्ने मन्त्री लम्सालको टीमले शर्मालाई असुली कार्यका लागि उठाएको थियो ।
शर्मा मात्रै होइन, त्यसै दिन अर्का राम्रामा गनिने ठेकेदार पनि यस्तै शैलीमा पक्राउ गरियो । लामा कन्स्ट्रक्सनका प्रबन्ध सञ्चालक पिताम्बर बडुलाई अपहरण शैलीमा बाटो छेकेर प्रहरीले पक्राउ गरी प्रहरी कार्यालय हुँदै मन्त्रालय पुरयायो । गत बैशाख २८ गते सोमवार बिहान करिब ९ बजे काठमाडौंको माछापोखरीबाट पक्राउ परे । छोरासँग अस्पताल निस्किएका बडुको गाडी रोकेर पक्राउ पुर्जीबिनै प्रहरीले पक्राउ गर्यो । छोरासहित बडुलाई प्रहरीले टेकुस्थिति अपराध अनुसन्धान पु¥यायो । त्यसपछि शहरी बिकाश मन्त्रीको आदेशमा समातेको भन्दै पक्राउ पुर्जी थमाइयो । जसमा पक्राउ गर्नुको कारण ठेक्का अनियमिततामा अनुसन्धान गर्नु रहेको उल्लेख थियो ।
त्यसपछि बडुलाई प्रहरीकै गाडीमा राखेर सहरी विकास मन्त्रालयस्थित मन्त्री सुनिल लम्सालको सचिवालयमा बुझाइयो । सचिवालयले उनलाई साँगा–धुलिखेल सडक आयोजनाबारे बुझ्न समातेर मन्त्रालयमा ल्याइएको बतायो । तर समाचार दिइयो बदमास ठेकेदार बडु फक्राउ भनेर ।
बिगतमा २०४८ सालको निर्वाचनपछि कांग्रेसका मन्त्री र नेताहरुले यसैगरी असुल्न उठाउने गरेका थिए । २०६५ सालमा माओवादीले पनि यसैगरी अपहरण शैलीमा असुल्न तर्साउने काम गर्यो । अहिले बालेन साह नेतृत्वको सरकारको पालामा मन्त्री सुनिल त्यही काम गरिरहेको बिज्ञहरुको बुझाइ छ । सुनिलको बिगत तिनै दलसँगको संगतमा रहेको कारण यस्तो गरेको अनुमान रास्वपाकै नेताहरुको छ । यो घटनापछि बिद्यार्थी राजनीतिबाट सुनिल कमाउने कलामा माहिर मानिएको पनि उनलाई अघि बढाउनेहरु बताइरहेका छन ।














प्रतिक्रिया दिनुहोस्