जनता टाइम्स

२ जेष्ठ २०८३, शनिबार ११:३७

एमाले सचिवालय बैठक अचानक स्थगित, यस्तो छ कारण


काठमाडौं, जेठ २ । नेकपा एमालेको आजका लागि तय भएको केन्द्रीय सचिवालय बैठक अचानक स्थगित भएको छ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सोमबार बस्ने गरी स्थगित भएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो।

सचिवालय बैठक आज १ बजे बोलाइएको थियो। सो बैठक आगामी सोमबारका लागि सारिएको छ । भोलि आइतबार परेको मदन-आश्रित स्मृति दिवसको विशेष तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरी सोमबारका लागि सारिएको बताइएको छ ।

एमालेले जेठ ३ गते (भोलि) आफ्ना तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गर्दैछ। सोही राष्ट्रिय दिवसको व्यवस्थापन र तयारीमा नेताहरू व्यस्त हुनुपरेकाले बैठकको समय तालिका परिवर्तन गरिएको पार्टी कार्यालयले जनाएको छ