जनता टाइम्स

२९ मंसिर २०७६, आईतवार २२:५४

फेरी भेटियो जनकपुरमा कुकर बम, स्थानियहरु त्रसित


जनकपुर, मंसिर २९ गते । धनुषामा फेरी प्रेसर कुकर बम फेला परेको छ । जनकपुरको संकट मोचन मन्दिर नजिकको एक बिद्यालयको पर्खाल नजिक सो बम केहीबेर अघि फेला परेको प्रहरीले जनाएको छ ।

जनकपुरस्थित युनिभर्सल कलेजको पछाडी पट्टीको गल्लीमा बम भेटिएपछि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । रातीको समयमा बम फेला परेपछि स्थानियहरु त्रसित बनेका छन् ।

यसअघि शुक्रबार राति धनुषाको महेन्द्रनगरमा बम विष्फोट हुँदा डिउटीमा रहेका प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको थियो ।