जनता टाइम्स

३० मंसिर २०७६, सोमबार ०९:१२

इटलीमा भेटियो दोस्रो विश्वयुद्धको बम


एजेन्सी । इटलीको ब्रिन्दिसी सहरमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम फेला परेको छ ।

गत नोभेम्बर २ मा सिनेमाको काम गर्ने क्रममा भेटिएको एक मिटर लामो र २ सय किलोग्रामको उक्त बम निस्क्रिय बनाउन ५४ हजार मानिसलाई विस्थापित गरिएको छ । सहरको दक्षिणी क्षेत्रमा भेटिएको उक्त बम बेलायती भएको जनाइएको छ ।
२ सय ५० स्वयंसेवकका साथमा उक्त ठाउँ खाली गर्न एक हजार भन्दा धेरै सुरक्षाफौज खटाइएको स्थानीय मिडियाहरुले जनाएका छन् ।