जनता टाइम्स

३० मंसिर २०७६, सोमबार ०९:२०

नेकपाको स्थायी कमिटी बैठकमा धुम्बाराहीमा, राजनीतिक प्रतिवेदनमाथी छलफल हुँदै


काठमाडौं, मंसिर ३०

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा आजबाट अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथी छलफल हुदैछ । पार्टी कार्यालय धुम्बाराहीमा विहान ११ बजेपछि बोलाइएको बैठकमा स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राख्नुहुनेछ ।

एक वर्षपछि आइतबार सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सयुक्त राजनीतिक प्रतिवेदन पेश भएको थियो । बैठकमा सदस्यहरुले समसामयिक विषयसँगै पार्टी र सरकारको कामबारे पनि समीक्षा गर्नेछन् ।

सरकारको काम कारबाही, राजनीतिक घटनाक्रम, वर्तमान अवस्था र पार्टीको आगामी कार्यदिशालगायत विषय समेटेर राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । दुवै अध्यक्षको संयुक्त प्रतिवेदनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारका काम कारबाही र उपचुनावको समीक्षा, यसअघि सचिवालयले गरेका निर्णयको अनुमोदन तथा पार्टीको आगामी कार्ययोजनासम्बन्धी विषय प्रतिवेदनमा समावेश छ ।

७ उपशीर्षकमा रहेको राजनीतिक प्रतिवेदनमाथि सोमबारदेखि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । नेकपाको स्थायी कमिटीमा ४५ सदस्य रहेका छन् ।