काठमाडौं, जेठ ५ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्मा को नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ ।
मंगलवार बसेको समितिको बैठकमा उहाँको संसदीय सुनुवाइ गरिएको थियो । सुनुवाइ प्रक्रिया सम्पन्न भएपछि समितिले शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रक्रिया अघि बढ्नेछ ।














प्रतिक्रिया दिनुहोस्