जनता टाइम्स

५ जेष्ठ २०८३, मंगलवार १९:०८

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा पद तथा गोपनीयताको शपथ


काठमाडौं, जेठ ५ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

शीतल निवासमा आयोजित समारोहमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो ।

शपथ समारोहमा प्रधानमन्त्रीसहित उच्च पदस्थ सरकारी अधिकारी, न्यायपालिका तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।