काठमाडौं, जेठ ७ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभाकाे आजकाे बैठकमा पनि पुनः प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रश्न उठाउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाह सदनमा उपस्थित नभएको विषयलाई लिएर आपत्ति जनाउनुभएको हो । उहाँले प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले संसद्मा उठाइएका प्रश्नको जवाफ दिनुपर्ने प्रावधान रहेको उल्लेख गर्दै सो दायित्व पूरा हुनुपर्ने माग राख्नुभयो ।
सदनमै बोल्दै उहाँले सभामुखलाई लक्षित गर्दै ‘प्रधानमन्त्री यो संसद्को सदस्य हो कि होइन ?’ भन्ने प्रश्न पनि गर्नुभयो । उहाँले प्रधानमन्त्रीले आफ्नो कर्तव्य पूरा गर्न नसके मार्ग प्रशस्त गर्नुपर्ने धारणा दोहोर्याउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्