काठमाडौं, जेठ ८ । नेकपा एमालेका नेता ठाकुर गैरेले प्रधानमन्त्रीको कार्यशैली र हठका कारण सरकार नै संकटमा पर्न सक्ने भन्दै चेतावनी दिनुभएको छ ।
सामाजिक सञ्जालमा एक पोस्ट साझा गर्दै नेता गैरेले प्रधानमन्त्रीको व्यवहारकै कारण सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विभाजन हुने र वर्तमान दुई तिहाइको सरकार समेत ढल्ने परिस्थिति आउन सक्ने चेतावनी दिनुभएको हो ।
नेता गैरेले प्रधानमन्त्री संसद् र जनताप्रति उत्तरदायी नभएको आरोप पनि लगाउनु भएको छ । यस्तै उहाँले संसद् बैठकमा जाँदै नजाने, संसदमा उठेका प्रश्नहरूको जवाफ दिन इन्कार गर्ने तथा जनतासँग प्रत्यक्ष संवादसमेत नगर्ने प्रधानमन्त्रीको रवैयाप्रति असन्तुष्टि जनाउनु भएको छ ।
प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारपूर्ण कदमले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने भन्दै गैरेले सत्तारुढ दलभित्रै ठूलो संकट आउने संकेत गर्नुभएको छ ।
‘संसद बैठकमा जाँदै नजाने, संसदमा उठेका प्रश्नको जवाफ दिन इन्कार गर्ने तथा जनतासङ्ग प्रत्यक्ष संवादसमेत नगर्ने सम्माननीय प्रधानमन्त्री ज्युको हठका कारण रास्वपानै बिभाजन हुने एवं करिब दुई तिहाइको सरकार समेत ढल्ने परिस्थिति नआवस भन्ने कामना छ,’ गैरेको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्