जनता टाइम्स

३० मंसिर २०७६, सोमबार ११:५४

भट्टराई र क्षेत्रीको निधनप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि व्यक्त


काठमाडौं, मंसिर ३०

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको छ, “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।